कपिलबस्तुमा २ जना कोरोना संक्रमित पुष्टी ,नेपालमा कोरोना संक्रमित संख्या १०१ ।

स्वास्थ्य

कपिलबस्तुमा २ जना कोरोना संक्रमित पुष्टी ,नेपालमा कोरोना संक्रमित संख्या १०१ ।
मे ७ काठमाडौँ :-कपिलवस्तुमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।आज (बिहीबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु–८ का १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...