नेपालमा आज थप ५३ जनामा कोभिड-९० संक्रमित ,कुल संक्रमितको संख्या ३५७।

स्वास्थ्य

नेपालमा आज थप ५३ जनामा कोभिड-९० संक्रमित ,कुल संक्रमितको संख्या ३५७।
मे १८ काठमाडौं:-नेपालमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेमा मात्रै ४६ पुरुष र एक महिला गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पतालमा परीक्षण गर्दा उनीहरुमा पोजिटिभ पाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यस्तै विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना पुरुष, भैरहवाको प्रयोगशालामा परीक्षण गर्दा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका एक/एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिए । उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको उनले जानकारी दिए । गुल्मीमा देखिएको कोरोना संक्रमण यो पहिलो हो । यस्तै ३६ जना निको भएर घर फर्किएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...