जनकपुरकी एक १४ बर्षीय किशोरमा पनि कोभिड -१९ संक्रमित देखियो ,संक्रमितको संख्या ४७ ।

स्वास्थ्य

जनकपुरकी एक १४ बर्षीय किशोरमा पनि कोभिड -१९ संक्रमित देखियो ,संक्रमितको संख्या ४७ ।
एप्रिल २३ काठमाडौँ :- नेपालमा कोरोनाबाट संक्रमितको संख्या ४७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका एक जना र जनकपुरका एक जनामा कोरोनासंक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका ५५ बर्षीया महिला र जनकपुरका १४ बर्षीय किशोरमा कोरोनाको संक्रमण देखिएको जानकारी दिए । उनले भने,‘ यो सँगै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।’ निको हुनेको संख्या ९ पुगेको छ । आज काठाण्डौं पेप्सीकोलाका दुईजना टेकुअस्पतालबाट उपचारपछि घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी लिए । अन्यको उपचार भईरहेको र सबैको स्वास्थ्य अवस्था समान्य रहको उनको भनाई छ । देशभर अहिलेसम्म आजको दिनमा क्वारेन्टाईनमा १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा र ८६ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...