नेपाल सरकारद्वारा लिम्पियाधुरा सहितको नक्सा पारिक।

देश

नेपाल सरकारद्वारा  लिम्पियाधुरा सहितको नक्सा पारिक।
मे १८ काठमाडौँ :- नेपाल सरकारले लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ । केहीबेर अघि सकिएको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।सरकारले जारी गरेको नक्सामा समेटिएको भूभाग भारतले मिचेको छ । केहीदिन पहिले भारतले नेपालकै भूभिमा बाटो निर्माण गरेर समेत उद्घाटन गरेको छ । भारतको त्यस कार्यप्रति नेपालमा चौतर्फी बिरोध भइरहेको छ । सरकारले जेठ २ गतेको नीति तथा कार्यक्रममा अतिक्रमित भूभाग समेटेर नक्सा जारी गर्ने घोषणा गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...