तमु समाज साइप्रस द्वारा मृगौला पीडित लाई आर्थिक सहयोग

समाज

तमु समाज साइप्रस द्वारा मृगौला पीडित लाई आर्थिक सहयोग
१७ भदौ, पोखरा । कास्कीका मृगौला पीडित बिनोद गुरुङलाई आर्थिक सहयोग प्राप्त भएको छ । कास्की जिल्ला दुवारकोट गाउँपालिका २१ का कास्कीका मृगौला पीडित गुरुङलाई तमु समाज साइप्रस द्वारा करिव २७ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो । मृगौला पीडित गुरुङ पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन् । उनको दुवै मृगौला काम नगर्ने अवस्थामा पुगेका छन् । मृगौला पीडित गुरुङका लागि तमु समाज साईप्रसका अध्यक्ष धना गुरुङको नेतृत्वदायी पहलमा यो आर्थिक रकम संकलन गरिएको थियो । 'यो रकम धेरै ठूलो रकम त होईन, तर मृगौला पीडितको उपचारमा केही सहजता ल्याउन सकिन्छ कि भनेर हामीले साईप्रसमा रहेका नेपाली दिदीबहिनीहरुबाट यो सहयोग रकम जुटाएका हौ,' ध्यक्ष धना गुरुङले फिस्टेल न्युजसँग भनिन्, 'भविष्यमा तमू समुदायको मात्र नभई जुनसुकै भाषा, क्षेत्र, भुगोल र समुदायका विपन्न नेपालीहरुलाई दुर्भाग्यवश यस्तै अवस्था आईपरेमा तमू समाज साईप्रस फेरि पनि सहयोग गर्न तयार छौँ ।' मृगौला पिडितको न्युन आर्थिक अवस्थालाई बुझेर हाल साईप्रसमा रहेका कृष्ण गुरुङ ,प्रीया गुरुङ, सिम्रन गुरुङ , उमा गुरुङ , सुनिता , आशा , लक्ष्मिता गुरुङ , अप्सरा गुरुङ , रिना गुरुङ लगाएतले आर्थिक सहयोग अभियानमा सहयोग उपलब्ध गराएका अध्यक्ष गुरुङले जानकारी गराईन् । अध्यक्ष गुरुङले सबै सहयोगी हातहरुलाई धन्यबाद तथा आभार व्यक्त गरेकी छिन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...