युएई सरकारद्वारा प्रदान गरेको सात मेट्रीक टन स्वास्थ्य सामाग्री सहयोग नेपाल पुग्यो,एनआरएनए युएईद्वारा पीडित नेपाली श्रमिकहरुलाइ दैनिक राहत सामाग्री वितरण ।
विदेश
अबुधाबी स्थित नेपाली राजदुतावास युएईले एक सूचना प्रकाशित गरि कोरोना भाइरसका कारण उत्पन्न असहज स्थिती भोगी रहेका नेपालीहरु लाई उद्दार तथा सहयोग गर्ने कार्य लाई व्यवस्थित बनाउन अनलाइन फारामको बिकास गरि तथ्यांक संकलन गर्न थालिएको छ। नेपाल दूतावास युएईले वेबसाईटमा गएर आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न आग्रह समेत गरेको छ।
त्यसैगरी नेपाल राजदुतावास अबुधाबी युएईले युएईमा स्थापित विभिन्न संघ संस्थाहरु संघ छलफल गरेको छ। छलफलको क्रममा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले युएईमा कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीहरु लाई नेपाल फर्काउनु पर्नेमा जोड दिएको थिए भने एनआरएनए युएई र नेपाली समाज युएईले अहिले सम्म गरेका राहत तथा उद्दारको बारेमा जानकारी गराएका थिए ।
नेपाली दूतावास युएईका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले अहिलेको विषम परिस्थितिमा नेपाली संघ संस्थाहरुले खेलेको भूमिकाको बारेमा प्रशांसा गरेका छ्न। युएईमा कति नेपाली कोरोना बाट संक्रमित भन्ने टेन्टटिभ डेटा नेपाली दूतावास संग रहेको तर संख्या खुल्लाउन चाहेनन् ।दूतावासले पीडितहरु र अन्य श्रोतहरु बाट प्राप्त जानकारीको आधारमा तथ्यांक राखेको तर आधिकारिक जानकारी युएई सरकार बाट नै हुन बांकी रहेको बताएका छन।
कोभिड - १९ कोरोना भाइरस महामारी प्रकोपको कारण युएईमा मृत्युु हुनेको संख्या कम रहेकोले संक्रमित हुंदैमा नआत्तिन र सबै लाई उच्च मनोबल बनाउन आग्रह गरेका छ भने नेपाल सरकार सदैव साथमा रहेको र युएईमा रहेका नेपालीहरुको समस्य बारे जानकार रहेकोले धैर्य रहन महामहिम राजदुत कृष्ण प्रसाद ढकालले जोड दिएका छन।
त्यसैगरि बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड - १९ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपालको प्रयासलाई संघाउने उद्देश्यले युएईले नेपाललाई सात मेट्रीक टन स्वास्थ्य सामाग्री सहयोग स्वरुप सहयोग प्रदान गरेको नेपाली राजदुतावास अबुधाबी युएईले जानकारी गराएको छ।

