नेपाल मगर संघ र नेपाल मगर संघ इजरायलद्वारा प्रेस विज्ञप्ती मार्फत बाढी पिडितलाई सहयोगको लागि अपिल।

जनजाती बिशेस

अगस्ट १७ इजरायल :- ''मगरात प्राप्तिका लागि एक घर, एक मगर, एक मगर, एक रुपैया''भन्ने मूल नाराका साथ मागरात अभियान र बाढी पीडितको सहयोगको लागि इजरायलबाट संयुक्त प्रेस विज्ञप्ती निकाली अपिल गरिएको छ ।

नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगर र नेपाल मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगरले हस्ताकक्षर गरिएको सो संयुक्त विज्ञप्ति मार्फत मगरात प्राप्तिका लागि एक घर, एक मगर, एक मगर, एक रुपैया भन्ने मूल नाराका साथ नेपाल मगर संघले सञ्चालन गरेको राष्ट्रिय अभियानको लागि देश– विदेशमा रहेका सम्पूर्ण मगर संघ, संस्था र व्यक्तित्वलाई सहयोगका लागि आह्वान गरिएको छ ।साथै नेपालको तराईमा आएको भीषण बाढीबाट प्रभावित पीडितहरुको उद्धार र राहतका लागि पनि सहयोग जुटाउन विज्ञप्ति मार्फत नै विशेष अपिल गरिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...