नेपाल आदिबासी महासंघ तेस्रो चरणको आन्दोलनको तयारीमा ,भिजिट नेपाल २०२० बिफल बनाई दिने चेतावानी ।

जनजाती बिशेस

नेपाल आदिबासी महासंघ तेस्रो चरणको आन्दोलनको तयारीमा ,भिजिट नेपाल २०२० बिफल बनाई दिने चेतावानी ।
अगस्ट २९ काठमाडौँ :- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सरकार र लोकसेवा आयोगको असंवैधानिक कदमविरुद्ध पुनः आन्दोलन थाल्ने तयारी भइरहेको बताएका छन् ।बरामले आन्दोलनको खाका तयार पार्नेबारेमा महासंघका पूर्वपदाधिकारी तथा आदिवासी विज्ञहरुसँग छलफल र परामर्श गरिएको र सो बमोजिम आन्दोलन घोषणको तयारी गरिएको बताए ।‘आज महासंघको सचिवलायको बैठक छ । हिजो अस्तितिर महासंघका पूर्वपधारिकारी र आदिवासी विज्ञहरुसँग सल्लाह लिने काम गर्यौ, सबैलाई समेटेर आन्दोलन गर्नुपर्छ भन्ने सुझाव आयो । सोही सुझाव अनुसार बैठक बस्दैछौ,’ सार्वजनिकसँग बरामले भने, ‘अब आन्दोलनको खाका बनाएर सबै जातीय संस्थाबाट अनुमोदन गराएर घोषणा गर्छौ ।’ अध्यक्ष बरामले आफूहरुको आन्दोलन र मागप्रति सरकारले अझै पनि बेवास्ता गरिरहे सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई विफल बनाइदिने चेतावनी समेत दिए ।उनले भिजिट नेपाल गराएर देशको आर्थिक विकास र समृद्धि गर्न खोजिएको भएपनि एउटा समुदायको लागिमात्रै समृद्धि आउने सरकारी नीति रहेकाले त्यसमा आदिवासी जनजाति, मधेसी, मुस्लिमहरुका लागि कुनै अर्थ नरहने बताए । ‘जब हामी आदिवासीहरुको अस्तित्व नै समाप्त हुन्छ भने हामीलाई समृद्धिको कुनै अर्थ हुन्न,’ बरामले भने, ‘त्यसकारण सरकारले अब पनि बेवास्ता गर्यो भने हामी भिजिट नेपाल नै असफल बनाइदिछौ ।’बरामले अबको आन्दोलन सडक र संदन दुवैमा हुने बताए । सांसद वा राजनीतिक दलका नेताहरुसँग आरक्षणबारे छलफल चलाइने र यता सडकमा प्रदर्शन गरिने उनको भनाइ छ ।लोकसेवा आयोगले संविधानमा भएको समानुपातिक समावेशीविरुद्ध गत जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि ९ हजार १६१ पदको विज्ञापन गरेपछि आदिवासी, मधेसी, दलित, मुस्लिम र अपाङ्गता भएका नागरिकहरुले आन्दोलन थालेका थिए । आरक्षण बचाऔ आन्दोलनको व्यानरमा हालसम्म पहिलो र दोस्रो चरणको आन्दोलन सकिकेको छ । अब दसै अघिसम्मका लागि तेस्रो चरणको आन्दोलन गर्न लागिएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...