कतारमा तमू खी ल्होसार भब्यताका साथ सम्पन्न ।

जनजाती बिशेस

जनवरी ६ खुशीमान तमू  दोहा :-तमू (गुरुङ) हरुको महान तथा राष्ट्रिय पर्व ल्होसार कार्यक्रम कतारका तमूहरुले भब्यताका साथ सम्पन्न गरेका छन । तमू (गुरुङ) समाज, कतारले गत डिसेम्वर २९ तारिख तथा पौष १४ गते शुक्रवारका दिन खी ल्होसार तथा स्यों कैं कार्यक्रम २०७४ को आयोजना गरि कतारमा कार्यरत तमू तथा गैर तमूहरुको बृहत उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।समाजका अध्यक्ष रस -शिव) तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदताबास कतारका द्वितिय सचिव हरी अर्याल प्रमुख अतिथि थिए । कार्यक्रमको प्रमुख अतिथिलाई तमूहरुको मौलिक परम्परा अनुसार क्रेगि -फेटा), फुलको माला र ब्याज लगाई दिएर सम्मान गरिएको थियो । प्रमुख अतिथिबाट द्विप प्रज्वलित गरि कार्यक्रमको बिधिवत उद्घाटन गरेका थिए । खी ल्होसार तथा स्योंकैं कार्यक्रम २०७४ विशेष कार्यक्रमको औपचारिक कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए ।

qatar1

26241216_540140079676494_1140989629_n

द्वितिय उपाध्यक्ष भाइकाजी तमूले स्वागत मन्तब्य राखेको कार्यक्रममा तमू ल्होसार सम्बन्धमा महिला सदस्य प्रतिमा तमूस्योले मन्तब्य राखेकी थिईन । नेपालको राष्ट्रिय गीत स-सम्मान गाईएको थियो ।

26551081_540140543009781_611384978_n

26551433_540140376343131_410923226_n

च्यह ल्होलाई बिदाई र खी ल्होलाई स्वागतः- यस वर्ष च्यह ल्हो (चरावर्ग) को बिदाई र खी ल्हो (कुकुर वर्ग) लाई स्वागत गर्ने वर्षको रुपमा ल्होसार मनाईएको छ । पच्यु चिवा निल तमू र क्लेब्री चिवा खडग तमूले संयुक्त रुपमा रुपा -रिपा) मन्तार्दै च्यह ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई वहाँहरुको आउने दिनको शुख शान्तिको कामना गरेका थिए भने आउने खी ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई यस वर्ष वहाँहरुको वर्गले ल्याउने सबै नराम्रो ग्रह शान्तिको कामना गरियो ।

26551652_540140093009826_1702792806_n (1) तमू म्रु (राजा) लाई सम्मानः- yo katar2

तमू समुदायमा छेलो खेलको विशेष महत्व रहेको हुन्छ । परम्परागत रुपमा छेलो फालेर राजा (म्रु) चुन्ने चलनलाई ईतिहासबाट बिलाएर नजाओस भन्ने हेतुले विगत केहि वर्षदेखि कतारमा पनि तमू समाज कतारले कतारमा कार्यरत तमू यूवाहरुको बिचमा छेलो प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप खी ल्होसार पर्वको अवसर पारेर गत २२ डिसेम्वरका दिन छेलो प्रतियोगिताको आयोजना गरिएको थियो । समाजको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिको संयोजनमा आयोजना गरेको उक्त प्रतियोगितामा बिरुवा गाउापालीका खुदी ४ स्याङजाका दिनेश गुरुङ सबै प्रतियोगिलाई उछिन्दै प्रथम भएका थिए । जसलाई यस खी ल्हो वर्षको तमू राजा घोषणा गरिएको थियो । प्रतियोगितामा पुख्र्यौली घर लम्जुङ हाल बनस्थली १६ काठमाण्डौ निवारी अशोक गुरुङले द्वित्तीय स्थान प्राप्त गर्न सफल भएका थिए । तमू म्रु र दोश्रो हुन सफल क्रमशः दिनेश र अशोकलाई परम्परागत रुपमा क्रेगि, प्रमाणपत्र र कप प्रदान गरि सम्मान गरिएको थियो । समाजका महिला बिभागकी संयोजक टौमाया तमूस्योले आफनो स्वर्गीय आमा र भदाको सम्झनामा क्रमशः तमू म्रु दिनेश गुरुङ र द्वित्तीय हुन सफल अशोक गुरुङलाई प्रदान गरिएको कप प्रायोजन गर्नु भएको थियो ।

katar8

 

कतारबाट गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदको बिभिन्न पदमा २०१७-२०१९ कार्यकालको लागि निर्वाचित तथा मनोनित ब्यक्तित्वहरुलाई बधाईपत्रले सम्मानित भएका थिए । समाजका अध्यक्ष रस -शिव) तमू र संरक्षक द्वय रामबहादुर तमू र बुधबल तमूले क्रेगी (फेटा) साथै क्रमु (पछ्यौरी) र प्रमुख अतिथि हरी अर्यालबाट बधाईपत्र हस्तान्तरण गरिएको थियो । त्यसरी सम्मानित हुनेहरुमा एनआरएनए आईसीसी मानर्थ परिषद सदस्यहरु क्रमशः टि.बि.कार्की, नरेन्द्र भाट, कमलमणी गुरागाई, बिलबहादुर गुरुङ, आईसीसी सदस्यहरु क्रमशः बिमल सुवेदी, कुमार कार्की, बिनोद भट्टराई र देबिका केसी गुरुङ साथै एनसीसी कतारका अध्यक्ष नबीन पोखरेल थिए । एनआरएनए आईसीसी मध्यपुर्व संयोजक आरके शर्मा, सहसंयोजक प्रबिण गुरुङ, मानर्थ परिषद सदस्य डा.देवकाजी डंगोल, महेन्द्र चौलागाई लगायत सम्मानित ब्यक्तित्वहरु कतार बाहिर रहनु भएकोले सम्मान गर्न छुटेको छ ।

26637822_540140396343129_270977164_n

विगतका वर्षहरुमा झै यस वर्ष पनि समाजलाई विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजलाई अतुलनिय योगदान गरेका समाजका सकृय सदस्य कर्म तमूलाई क्रेगि र सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको छ । त्यसै गरि तमू सांस्कृतिक परिवारकी कलाकार तथा महिला विभागकी सकृय सदस्य द्वय सम्झना तमूस्यो र टिका तमूस्योलाई क्रमु -पछ्यौरी) र सम्मानपत्रबाट विशेष सम्मान गरिएको छ ।

katar5

तमूहरुको मौलिक र महान पर्व अव नेपालीहरुको राष्ट्रिय पर्व बनेको छ । त्यसैले यो केवल तमू समुदायको मात्रै नभएर समग्र नेपालीको पर्व बन्न गएको छ । तमू समाज कतारले विगत देखि निरन्तर रुपमा आफनो पर्वलाई कतारमा विशेष प्रकारले मनाउदै आएकोमा धन्यवाद पनि ब्यक्त गरियो । बैदेशिक रोजगारको शिलसिलामा नेपालको विभिन्न भागबाट कतारमा कार्यरत नेपालीहरुले एक अर्का समुदायमा निहित पर्व र चलन चल्तिहरु एक आपसमा सेयर गर्ने बुझने र बुझाउने अवसर प्रदान गरेकोमा आयोजक तमू समाज कतारको टिमलाई धन्यवाद दिदै यसको निरन्तरताको अपेक्षा गर्दै संस्था र यसमा आबद्ध सबैको उन्नती र प्रगतिको शुभकामना ब्यक्त गरियो । पर्व मनाउने क्रममा अलि बढी खर्चिलो देखियो र यसलाई कसरी मितब्ययी बनाउन सकिन्छ भन्ने वारेमा पनि बिचार गर्न सुझाव समेत दिईएको थियो । यसरी शुभकामना ब्यक्त गर्नेहरुमा प्रमुख अतिथि तथा नेपाली राजदुतावासका द्वित्तीय सचिव हरी अर्याल, जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै लम्जुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, मातृ संस्थाहरुको तर्फबाट किरात राई यायोख्खा शाखाका अध्यक्ष एकराज राई, सामाजिक अभियन्ता शनिकुमार ओली, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई, एनआरएनए एनसीसी कतारका अध्यक्ष नबीन पोखरेल, आइसीसी सदस्यहरुको तर्फबाट कुमार कार्की, मानर्थ परिषद सदस्यहरुको तर्फबाट टि.बि.कार्की लगायत थिए ।

26551251_540140139676488_153758911_n

 

तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम थियो । यसै कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त कलाकारहरु गगन गुरुङ, रजनी गुरुङ, देबिका केसी गुरुङलाई विशेष प्रस्तुतिका लागि आमन्त्रण गरिएको थियो । गायक गगन तमू, चलचित्र नायीका तथा कुशल नृत्यङगना रजनि तमूस्यो र चर्चित लोक गायीका देबिका केसी गुरुङको प्रस्तुतिले एकाएक माहोल तताई दिएको थियो । युगल नृत्यमा रजनी तमूस्योलाई प्रमुख नृत्य निर्देशक भिमप्रसाद तमूले साथ दिएका थिए । आमन्त्रीत कलाकारहरुको प्रस्तुति आफैमा आकर्षक थियो नै त्यसमा पनि समाजको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमूका अनुसार विगत लामो समयदेखि प्रमुख नृत्य निर्देशक भिमप्रसाद तमूको प्रत्यक्ष निगरानीमा कतारमा स्थापित कलाकारहरुको तयारीले पनि ल्होसारको प्रस्तुति राम्रो बनेको हो । नेपाली मेला २०१३ युगल तथा सामुहिक नृत्यमा प्रथम हुन सफल तथा कतारमा स्थापित कलाकार यशोधा बस्नेत लगायत धेरै कलाकारहरुको प्रस्तुति नै ल्होसार कार्यक्रमका थप आकर्षणहरु थिए । यसरी आआफनो प्रस्तुति दिने अन्य कलाकारहरुमा पुष्पा, टिका, सम्झना, श्रृजना, प्रतिक्षा, लक्ष्मी, डिलकुमारी, ज्ञानु, पुजा, लिल, सुजन, प्रविण, विष्णु, सुरज, बिर्ख, सुरेस, लगायत स्वयं प्रमुख नृत्य निर्देशक भिमप्रसाद तमू थिए । सांस्कृतिक कार्यक्रमलाई समाजका सचिव तेज तमू, सहसचिव ज्ञानु तमू र महिला बिभाग सदस्य प्रतिमा तमूस्योले आकार्षक ढंगबाट सञ्चालन गरेका थिए ।

katar3

स्यों कैं कार्यक्रमः-

तमू ल्होसारको अर्को बिशेषता भनेको स्यों कैं पनि हो । स्यों कैंको लागि सेल रोटि, अचार, खसि र कुखुराको मासु भात लगायतका मीठो परिकारले सहभागि सबैको मन खुसी पारेको थियो । आजीवन सदस्य भेष तमू र वहाँको टीमले खाना तयार गरेका थिए । पुष्प तमूस्यो, श्रृजना तमूस्यो, यशोदा बस्नेत, मीरा तमूस्यो, टिका तमूस्यो, शम्झना तमूस्यो, प्रतिमा तमूस्यो, रेखा शाही, मञ्जु शाही लगायतले सेल रोटि तयार पारेका थिए भने तारा तमूस्योले अचार तयार पारेकी थिईन । सेल रोटि र अचारले ल्होसार परिकारलाई थप स्वादिष्ट बनाएको थियो । sps

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष रस (शिव) तमूले प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै कार्यक्रमको लागि आर्थिक सहयोग गर्नु हुने ब्यक्तित्वहरु लगायत बिभिन्न पक्षबाट सहयोग गर्ने सबैलाई बिशेष धन्यवाद ब्यक्त गरे । तमूहरुको महान पर्व ल्होसार र यसमा समावेस सबै कार्यक्रमहरुलाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्ष राख्दै अर्को ल्होसारमा भेटने वाचा सहित सभापतिले कार्यक्रम समापन गरेका थिए ।

तमू समाज, कतारको आयोजनामा सम्पन्न यस वर्षको खी ल्होसार तथा स्यों कै कार्यक्रम २०७४ मा विशेष अतिथिको रुपमा एनआरएनए आईसीसीका मानर्थ परिषद सदस्यहरु क्रमशः टि.बि.कार्की, नरेन्द्र भाट, कमलमणी गुरागाई, बिलबहादुर गुरुङ लगायत एनआरएनए आईसीसी सदस्यहरु क्रमशः बिमल सुवेदी, कुमार कार्की, बिनोद भट्टराई, देविका केसी गुरुङ थिए । अन्य बिशेष अतिथिहरुमा एनआरएनए एनसीसी कतारका अध्यक्ष नविन पोखरेल, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, नेपाल मगर संघ शाखाका अध्यक्ष शेरबहादुर रोका, किरात याक्थुङ चुम्लुङ शाखाका बरिष्ठ उपाध्यक्ष हर्कबहादुर खजुम, किरात राई यायोख्खा शाखाका अध्यक्ष एकराज राई, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष तिर्थ लामा, थारु कल्याणकारी सभा कतार च्याप्टरका अध्यक्ष अरबिन चौधरी, नेपाल प्रवासी सुनुवार समाज शाखाका अध्यक्ष स्यामुअल सुनुवार, नेपाल प्रवासी भुजेल सेवा समाजका अध्यक्ष मिलन भुजेल, माझि सेवा समाजका द्वितिय उपाध्यक्ष भरत माझि, तमू प्ये ल्हु संघ शाखाका अध्यक्ष शान तमू लगायत थिए ।

26694142_540140553009780_889724362_n

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि अतिथिको रुपमा सहभागि थिए । ब्यवसायी तथा सामाजिक अभियन्तहरु प्रकाश गुरुङ, सागर नेपाल, शनिकुमार ओली, माया केसी, राज गुरुङ, रेगिस्तानी कवि तिर्थ संगम राई, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष शनिलाल राजबंशी, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, जनप्रगतिशिल मञ्च महाधिवेशन आयोजक समितिका सहसंयोजक राजु डुम्रे, तराई मधेस प्रवासी मञ्चका अध्यक्ष हुसेन खान, संघिय समाजका उपाध्यक्ष हिराधन राई, संघिय लिम्बुवान समाजका प्रथम उपाध्यक्ष रेखा राई, अन्तरराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष भबिन्द्र तामाङ, जातिय भेमभाव साझा मञ्चका अध्यक्ष पुर्णबहादुर नेपाली, नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष गणेश बञ्जाडे, लोकदोहारी प्रतिष्ठान कतार शाखाका संयोजक कृष्ण बराल, खोटाङ सेवा समाजका अध्यक्ष तिलाबहादुर खत्री, कास्की आदर्श सेवा समाजका अध्यक्ष मनप्रसाद रानामगर, गोरखा सेवा समाजका अध्यक्ष राकेश श्रेष्ठ, लम्जुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, ओखलढुङगा सेवा समाजका अध्यक्ष अशोक सिंदन, मोरङसुनसरी सेवा समाजका उपाध्यक्ष चिरञ्जिवी तिमलशिना, स्याङजा सहयोग समाजका कार्यवाहक अध्यक्ष अजमत अलि, समाजसेवा अभियान रपन्देहीका अध्यक्ष डिल्लिराम भट्टराई, गुल्मी सेवा समाजका उपाध्यक्ष झमिन्द्र आचार्य, धनकुटा सेवा समाजका उपाध्यक्ष कुमार सुवेदी, पर्वत यूवा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, चितवन यूवा समुहका प्रथम उपाध्यक्ष लाल भट्ट, नुवाकोट सेवा समाजका अध्यक्ष हरिराम खडका, बााके सेवा समाजका सहकोषाध्यक्ष भक्तबहादुर ओली, पाल्पा सेवा समाजका सचिव रामलाल खाती, फेवा सांस्कृतिक परिवारका संयोजक बिक्की बिक, प्रवासी युवा मञ्चका अध्यक्ष छम परियार, नेपाली कला केन्द्रका टेक रसाईली, तामाङ कलाकार संघका कार्यवाहक अध्यक्ष राज लोप्चन, सिमानामा कााडे तार अभियानका केन्दि्रय प्रबक्ता शुसिल खडका, जिफण्टका कार्यवाहक अध्यक्ष बसन्त बिक, दशनामी सेवा समाजका संरक्षक रामजी गिरी, मिलिजुली एकता परिवारका सचिव अशोक गुरुङ, राजधानी साप्ताहिकका प्रतिनिधि पत्रकार दिलकुमार श्रेष्ठ, राज्यसत्ता डट कमका प्रतिनिधि कृष्ण सारु मगर लगायत थिए ।

26648753_540140186343150_524568546_n

समाजको संरक्षकत्वमा स्थापित तमू प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष भविराज तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमू, तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक केशरसिंह तमू, पश्चिमाञ्चल सम्पर्क समितिका सचिव बिर्ख तमू, महिला विभागकी संयोजक टौमाया तमूस्यो, तमू बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरीकाजी तमू लगायत उक्त कार्यक्रममा कतारवासी नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा आमन्त्रित र सम्मानित ब्यक्तित्वहरुलाई हार्दिकताका साथ फुलको मालाले स्वागत सम्मान गरिएको थियो । माला बनाउत सहयोग गर्ने चेलीहरुमा मीरा तमूस्यो, टिका तमूस्यो, शम्झना तमूस्यो, रेखा शाही, मञ्जु शाही थिए । मालामा प्रयोग गरिएको फुल नेपालबाट झिकाईएको थियो ।

26552916_540140109676491_411621972_n (1)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...