नेपालमा कोरोना संक्रमितको संख्यामा ब्रिद्दि ,चितवनमा एक वडा शिल ।

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्यामा ब्रिद्दि ,चितवनमा एक वडा शिल ।
एप्रिल १८ चितवन :-कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको चितवनको राप्ती नगरपालिका वडा नं ८ लाई शिल गरिएको छ ।कोरोना संक्रमणको उच्च जोखिम बढेकोले वडालाई नै शिल गरिएको छ। प्रशासनलाई आग्रह गरेर सो वडालाई शिल गरिएको छ । मेयर प्रभा बरालले कोरोना संक्रमितसंग को–कसको भेट भयो भन्ने बारे खोजी कार्य जारी रहेको बताइन् । यस्तै वडा नंं।८ का शंकास्पद व्यक्तिहरुलाई सोही वडाको क्वारेन्टाइनमा राखिने भएको छ । नगरपालिकाले ब्रहम्मानगर स्कुलमा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बस्नेका लागि खाद्यान्नको जोहो गर्ने काम भइरहेको नगर प्रमुख बरालले बताइन् । सो क्वारेन्टाइनमा २०० जनालाई राख्न सक्ने क्षमता रहेको उनले बताइन् । सोही वडाका बेलायतबाट आएका ६३ वर्षीय महिला र २७ वर्षीय पुरुषको हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै राप्तीसंगै चितवनमै उच्च सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई अनुशार संक्रमित पुष्टि भइसकेकाले जिल्लामा उच्च सतर्कता अपनाइएको र ‘संक्रमण देखिएको स्थानलाई शिल गरि सकेको, कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ । सम्पूर्ण चितवनबासीलाई घरमै बसेर सतर्कता अपनाउन आग्रह गरेका छन् ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...