नवलपुरमा ४ जना नया कोभिड-१९ संक्रमित पुष्टि।

स्वास्थ्य

नवलपुरमा ४ जना नया कोभिड-१९ संक्रमित पुष्टि।
जुन १२ पोखरा :-गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित नया ४ जना थपिएका छन् । नवलपुरमा ४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १९२ पुगेको छ ।जिल्लाको हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ। आज बिहान मात्रै प्रदेशमा ३७ जनामा कोरोना पुष्टि भएको थियो । मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...