माधव नेपाललाई कालो झन्डा ,प्रचण्डलाई स्वागत माओबादी पार्टी प्रवेशको लहर बढ्दो ।
राजनीतिउता माओवादी केन्द्रले भने प्रदेश नं.२ को चुनावी रणनीति बनाउन आज जनकपुरमा नै सचिवालय बैठक सम्पन्न गरेको छ ।माओवादी केन्द्रका नेताहरू र अध्यक्ष प्रचण्डको भने स्थानीयले स्वागत गरेका छन । आज बिहानमात्रै दर्जनौ स्थानीयहरूले प्रचण्डसँग मधेशका समस्याबारे छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।यसअघि पनि नेकपा एमालेको मेची–महाकाली जागरण अभियानका क्रममा मधेसमा आयोजना गरिएको आमसभापछि झड्प भएको थियो । जसमा केहीको मृत्यु र दर्जनौ व्यक्ति घाइते भएका थिए । मधेशमा अहिले माओबादीमा प्रवेश गर्नेहरुको लहरनै चलेको छ ।नया शक्ति पार्टीका केन्द्रिय नेता देखि विभिन्न पार्टीका नेताहरु माओबादी पार्टीमा प्रवेश गरेका छन् । जनकपुरमा आयोजित एक बृहत कार्यक्रमका बीच नवआगन्तुक नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराउनु भएको छ ।
त्यसपछि एमालेले केही दिन आफ्नो कार्यक्रम स्थगित गरेको थियो । मधेसी दलले उठाउदै आएको संविधान संशोधनको विषयमा एमाले र अध्यक्ष केपी ओलीको असहयोगका कारण संसदबाट विधेयक अस्वीकृत भएको उनीहरुको आरोप छ ।