काठमाडौँमा नक्कली पासपोर्ट प्रयोग गर्ने ६ पाकिस्तानी पक्राउ |

अन्य

काठमाडौँमा नक्कली पासपोर्ट प्रयोग गर्ने ६ पाकिस्तानी पक्राउ |
जुन २१ फिस्टेल न्युज :- काठमाडौंमा बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् ।नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा अलर्ट आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दिन मिजार फारिद, इल्ही जाका, सोहेल मोहम्मद, इराम शाहजादा, इलाही जाहा र धौरी नुजात नाज छन् ।जसमध्ये प्रहरीले सुरुमा दिन मिजार फारिद इलही जाकालाई पक्राउ गरेपछि ठमलेको एक होटलबाट अन्य चारलाई पक्राउ गरेको हो ।पक्राउपछि उनीहरुलाई अध्यागमन विभागले हिरासतमा लिई अनुसन्धान सुरु गरेको छ । साभार :-नागरिक

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...