काठमाडौँ सुकेधारामा बाटो काट्ने क्रममा बसको ठक्करबाट एक छात्राको मृत्यु ,बसमा आगजानी ।

अन्य

काठमाडौँ सुकेधारामा बाटो काट्ने क्रममा बसको ठक्करबाट एक छात्राको मृत्यु ,बसमा आगजानी ।
डिसेम्बर २३ काठमाडौँ :-काठमाडौँ चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ । उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो ।   रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...