कास्की आदर्श सेवा समाज युएई र तनहुँ सेवा समाज युएईले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै ।

खेलकुद

कास्की आदर्श सेवा समाज युएई र तनहुँ सेवा समाज युएईले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै ।
जनवरी २२ मनु कोंमे तमु युएई :- "स्वास्थ जीवन सुखी जीवन , स्वास्थ बनौं खेलकुदमा सहभागिता बढाऔं " भन्ने मुल नाराका साथ कास्की आदर्श सेवा समाज युएई र तनहुँ सेवा समाज युएईले संयुक्तरूपमा यही आउदो फेब्रुअरी १३ र १४ तारिख युएईको दुबई स्थित अल्कुजको बलदिय (नगरपालिका) खेल मैदानमा "प्रथम तनहुँ कास्की भलिबल कप - २०२० " प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिताको संयोजकमा हिरालाल श्रेष्ठ तोकिएको छ । भलिबल प्रतियोगिता सफल पार्नको लागी युएईमा स्थापित सम्पूर्ण सक्रिय भलिबल क्लबहरु तथा सम्पूर्ण भलिबल प्रेमी जनमानस र खेलाडीहरु लाई साथ,सहयोग र सहभागिताको लागी आयोजक कमिटीका संयोजक हिरालाल श्रेष्ठले अपिल गरेको छ। भलिबल प्रतियोगितामा सहभागिता जनाउने क्लब तथा खेलाडीहरुले आयोजक कमिटीको निम्न नियमहरु अनिवार्य रुपमा पालन गर्नु पर्ने भएको छ। १. एक टिममा ९ जना खेलाडी अनिवार्य हुनु पर्ने छ।सबै टिममा १ जना बिदेशी खेलाडी लाई अनुमति दिनेछ । २. खेलाडीहरुको पुर्व दर्ता अनुसार टिममा नाम हुने खेलाडीहरु मात्र खेल्न पाउने छ्न र एक टिम बाट खेली सकेको खेलाडीहरु अर्को टिममा खेल्न पाउने छैन। ३. भलिबल नियम अनुसार FIVB को अवधारणा अनुसार खेल खेलाइने । ४. खेलमा कुनै विवाद तथा प्रबिधिको गल्ती भएमा रेफ्री बाट गरिने निर्णय नै अन्तिम हुनेछ भने कुनै त्यस्तो विवाद आएमा आयोजक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ । ५. खेल तालिकाअनुसार कुनै पनि टिम १५ मिनेट अगाडी मैदानमा प्रवेशको लागी आयोजक समक्ष उपस्थितिको जानकारी गर्नु पर्नेछ। मैदानमा उपस्थिति हुनुपर्ने टिमहरु आफ्नो फरक पोलको टिम उपस्थिति भइ सके पछि १५ मिनेट सम्म पर्खिने छ र सो समयमा उपस्थिति हुन नसके समयमा उपस्थिति टीम लाई वाल्क ओभरको आधारमा रेफ्रीले नियम अनुसार बिजयी घोषणा गरिने। ६. टीम दर्ताको अन्तिम मिति १० फेब्रुअरी २०२० सम्म। ७. टाइसिट १२ फेब्रुअरी २०२० बेलुका ८:३० बजे प्रकाशित गरिने। ८. खेल खेल्ने मिति १३ र १४ फेब्रुअरी २०२० र टाइसिट अनुसार पहिलो दिन बेलुका नजिक दुबईमा रहेका टीमहरु लाई खेलाइने छ। ९ . टीम धेरैमा १८ टीम सम्म दर्ता गरिने छ त्यसैले आफ्नो टीमको दर्ता समयमा नै गराउनु पर्ने छ। त्यसैगरी प्रतियोगिताको पुरस्कारको राशी - प्रथम पुरस्कार -दिराहम ३,३००/-,द्धितिय पुरस्कार - दिराहम १,८००/- र तृतीय पुरस्कार - दिराहम ३५०/- सहित प्रमाणपत्र,मेडल र शिल्ड रहेको छ भने प्रतियोगितामा बेस्ट ब्लोकर,बेस्ट स्पाइकार,बेस्ट सेटर,बेस्ट सर्भर,बेस्ट लिब्रो र एक जना उत्कृष्ट खेलाडीको लागी पनि पुरस्कारको व्यवस्था गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...