हुम्लामा तारा एयर दुर्घटना २ गम्भीर घाइते ।

अन्य

हुम्लामा तारा एयर दुर्घटना २ गम्भीर घाइते ।

नोवेम्बर २८  हुम्ला :-हुम्लाको सिमकोटबाट सुर्खेत उड्न लागेको तारा एयरको (एन एबीएम कलसाइन) ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित दुई जना गम्भीर घाइते भएका छन्।सिमकोट विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको विमानको पांग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो।

दुर्घटनामा परी क्याप्टेन वसन्त लामा र नेपाल प्रहरीका असई अमृत बराल घाइते भएका छन्। घाइते क्याप्टेन लामाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ भने असई बराललाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ। । अरु १४ यात्रु भने सामान्य घाइते छन्।

क्याप्टेन सहितका यात्रुलाई लिन तारा एयरकै विमान हुम्ला जाँदैछ। विमान चुनावको सुरक्षाका लागि हुम्ला खटिएर फर्कन लागेका १३ जनपद प्रहरी पनि सवार थिए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...