गुल्मीमा मलामी बोकेको जिप दुर्घटना १ को मृत्यु ।

अन्य

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना १ को मृत्यु ।

नोवेम्बर १६ गुल्मी :- गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गर्दा जिप दुर्घटना भएको छ । बुधबार राति करिब साढे दश बजेको समयमा छल्दी पनाह घाटमा एकजना स्थानीयको शव अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको हो ।

अघिल्लो दिन अर्खलेमै माथि भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त स्थानको सडकबाट करिव ५० मिटर तल जिप खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरी थप उपचारका लागि पाल्पा लैजादै गर्दा ढेगा मगरको हिजै रातीति बाटैमा ज्यान गएको थियो । अघिल्लो दिन मृत्यु भएका दर्लामीको ढेगा मगर आफन्त थिए । जिपमा १५ जना सवार थिए । ५ जना गम्भीर घाईतेलाई पाल्पा पठाईएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...