युएईमा २४ औं बिश्व आदिवासी दिवस तथा आदिवासी जनजाति महोत्सव सम्पन्न ।

अन्य

युएईमा २४ औं बिश्व आदिवासी दिवस तथा आदिवासी जनजाति महोत्सव सम्पन्न ।
श्रावण २७ मान सिङ गुरुङ (मानु कोन्मे),युएई :- '' पहिचान प्रतिनिधित्व र स्वायत्तताका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान'' भन्ने मुल नारा सहित नेपाल आदिवासी जनजाति महासंघ युएई र आदिवासी जनजाति महासंघ युएई अन्तर्गत एघार संघ संस्थाहरुको संयुक्त रुपमा २४ औं बिश्व आदिबासी दिवस तथा आदिवासी जनजाति महोत्सव यहि १० अगष्ट २०१८ भव्यता साथ कार्ल्टन टावर होटेल देरा दुबईमा सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको सभातित्वमा युएई स्थित नेपाली राजदुतावासका कार्यबाहक राजदूत श्री सागर प्रसाद फुयालको प्रमुख आथित्यतामा त्यसै गरि विशेष अथिती नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष एवं संरक्षक डेर राजु तमु रहनु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरु , बुद्धिजीवी,पत्रकारहरु र व्याबासायीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव सुनिल थिङले गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति महासंघ युएईका कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले गर्नु भएको थियो। प्रमुख अथिती विशेष अथिती तथा अथितीहरु बाट संयुक्त रुपमा पानासमा बत्ति बालेर कार्यक्रम नेपाली राष्ट्रिय गीत सयौं थुंग फुलको हामी र हामी आदिवासी जनजाति गीतले कार्यक्रम हल गुन्जयमान भएको थियो। कार्यक्रममा विभिन्न जातीय संघ संस्थाहरुले आ - आफ्नो जातीय भेषभुषा , झांकी , नृत्य, सांस्कृतिक नृत्य सहित आ-आफ्नो समुदायको पहिचान झल्काउने गरि विभिन्न कला र आफ्नो जातीय सामाग्रीहरु प्रदर्शन गरेको थियो । कार्यक्रममा विभिन्न जातीय संघ संस्थाहरुमा रहि समुदाय लाई महत्वपूर्ण योगदान दिएका व्यक्तिहरु लाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।युएईमा रहेर लामो समय सम्म आदिवासी जनजातिहरुको पहिचान स्थापित गर्न, पहुँच र प्रतिनिधित्वको अधिकार हासिल गर्न , संघर्ष र अभियानमा योगदान पुर्‍याइएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष एवं संरक्षक डेर राज तमु लाई ताम्रा पत्र सहित सम्मान गरेको छ भने बिशेष सम्मान आदिवासी जनजाति युएईका डिजाइनर प्रदिप कुमाल,आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष अनिस तामाङ र आदिवासी जनजाति महासंघ युएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ सम्मानित हुनु भएको छ। साथै नेपाल आदिवासी जनजाति महासंघ युएई तथा समुदायको हितमा अनवरत रुपमा अतुलनीय योगदान दिएको भन्दै अमृत गरुङ र ममता गुरुङ (तमु समाज युएई ),चन्द पुलामी र मान सारु (नेपाल मगर संघ शाखा युएई ),जितेन्द्र गोले तामाङ र नानू गोले तामाङ (तामाङ समाज युएई ),बुद्धि मेवाहाङ राई र लक्ष्मी राई ( किराँत राई यायोख्या युएई ),सरोज पहाङ लिम्बु र गज वानेम ( किराँत याकथुङ चुमलुङ युएई ),सुनिल मान श्रेष्ठ र मनोज प्रसाद श्रेष्ठ (नेवा पुच:युएई ) , दिकी शेर्पा र नुरु पिनासा शेर्पा (शेर्पा किदुग युएई ),रन्जन भुजेल र उर्मिला भुजेल (प्रवासी भुजेल समाज सेवा समिति युएई ),वासु चौधरी र पबित्रा महत्तो (थारु कल्याणकारी सभा युएई ) र रबिना सुनुवार र दुर्गा बहादुर सुनुवार (सुनुवार सेवा समाज युएई) सम्मानित भएको छ। मिस्टर एण्ड मिस इन्डिजिनियसको उपाधी रोशन लिम्बू (किराँत याकथुङ चुमलुङ युएई) र ओशिन ब्लोन (तामाङ समाज युएई) ले हात पारेको छ भने उत्कृष्ट झांकीमा नेवा पुच: युएई र उत्कृष्ट जातीय स्टलमा तामाङ समाज युएईले जित्न सफल भएको छ। उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई (फोनिज) को शाखा समेत गठन गरेको छ।अनिस तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने नेपाल आदिवासी जनजाति कलाकार संघ युएई भुवन थापा मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको घोषण गरिएको छ।

 नया कार्यसमिति :- नेपाल आदिवासी जनजाति कलाकार संघ यूएई अध्यक्ष :- भुवन थापा मगर उपाध्यक्ष:- - डिके किराती उपाध्यक्ष :- सन्दिप ग्याबा महासचिब :- पेमा डिकी शेर्पा सचिब :- मनिष लिम्बु कोषाध्यक्ष :- राजेन्द्र थापा मगर सह-कोषाध्यक्ष :- कामना क्षेष्ठ प्रवक्ता :- ईन्द्र कुमार सुनुवार सदस्यहरु : - तुलसी महतो, किरण तमु, सरू सितल राई

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूएई अध्यक्ष:- - अनिष तामाङ उपाध्यक्ष :- राजेश प्रधान महासचिब: - फलेन्द्र बलामपाकी मगर कोषाध्यक्ष :- अन्जुली लोप्चन तामाङ सचिब; - मान सिङ गुरूङ (मानु कोन्मे) सदस्यहरु - सूर्य खवास, तिलक साम्पाङ राई, अंचल राई

प्रमुख सल्लाहकार :- बिनोद श्रेष्ठ

सल्लाहकार :- मुम्चे राई

संरक्षक :- पासाङ शेर्पा (पदेन)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...