एनआरएन युकेद्वारा गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेशिन सहयोग।

स्थानीय

एनआरएन युकेद्वारा गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेशिन सहयोग।
अगस्ट ३ हुम तमु /पोखरा:-गैरआवासीय नेपाली संघ युकेले गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेशिन(कन्सन्ट्रेट) सहयोग हस्तान्तरण गरेको छ। गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको परिसरमा आयोजित कार्यक्रममा एनआरएन युकेको पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक मेजर डमर घलेको अगुवाईमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अक्सिजन मेशिन हस्तान्तरण गरिएको हो। गैरआवासीय नेपाली संघ युकेको कोभिड १९ सहयोग अभियान अन्तर्गत नेपालको सातै प्रदेशलाई सघन उपचारका लागि अत्यन्तै आवाश्यक २, २ वटा अक्सिजन मेशिन सहयोग गर्ने अभियान अन्तर्गत गण्डकी प्रदेश सरकारलाई आइतवार १ लाख ६८ हजार मुल्यको मेशिन हस्तान्तरण गरिएको हो।सहयोग ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले संकटको बेलामा मात्र होइन विगतदेखि नै मातृभुमिको लागि धेरै सहयोग गरेको भन्दै एनआरएन युकेको प्रसंशा गर्दै सहयोगका लागि अध्यक्ष पुनम गुरुङ लगायत टिमलाई धन्यवाद व्यक्त गर्नु भएको छ । एनआरएन युकेले सहयोग गरेको अक्सिजन मेशिनले गण्डकी प्रदेशको नागरिकको स्वास्थ्योपचारमा ठुलो सहयोग पुग्ने बताउनुभयो। कोभिड १९ को संक्रमण तुलनात्मक रुपमा अरु प्रदेशमा भन्दा कम र प्रभावकारी उपचार व्यवस्था मिलाइएको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो।एनआरएन युके प्रभाव, शक्ति र गतिविधीहरुको वारेमा गत वर्ष युके भ्रमणको क्रममा पुर्ण जानकारी रहेको बताउनु हुंदै मुख्यमन्त्री गुरुङले महामारीको बेलामा झनै सक्रियताका साथ अध्यक्ष पुनम गुरुङ लगायत कार्यसमिति र युकेबासी नेपालीहरुलाई आभार व्यक्त गर्नुभयो। कार्यक्रममा एनआरएन युकेको पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक मेजर डमर घलेले एनआरएन युकेको कोभिड १९ सहयोग विविध अभियान अन्र्तगत नेपालको सातै प्रदेशलाई सघन उपचारका लागि अत्यन्तै आवाश्यक २, २ वटा अक्सिजन मेशिन सहयोग गर्ने अभियानको आफुहरु माध्यम बनेको जानकारी दिनुभयो।उक्त अभियान अन्र्तगत ११ लाख ७६ हजार कुल मुल्य बराबरको १४ वटा अक्सिजन मेशिन प्रदेश सरकारहरुलाई सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमम मुख्यमन्त्रीका साथमा धर्मपत्नी अर्थात क्होला सोंथर गाँउपालिका उपाध्यक्ष कुमारी मुनी गुरुङको समेत उपस्थिती रहेको थियो भने,एनआरएन युकेका नरजंग गुरुङ, चन्द्रबहादुर गुरुङ, भोजबहादुर गुरुङ लगायत हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...