बिरुवा ७ सपाउदे स्याङ्जामा क्होइबो शिलान्यास हुँदै |

स्थानीय

बिरुवा ७ सपाउदे स्याङ्जामा क्होइबो शिलान्यास हुँदै |
माघ २३ सम्बाददाता पोखरा :-तमु प्ये ल्हु संघको " एक गाउँ ,एक क्होइबो " भन्ने उदेश्यका साथ स्याङ्जाको सपौदे गाउँमा अगामी शनिबार (,माघ २६ गते)तमु जातिको पबित्र धार्मिक स्थल " क्होइबो धि" को शिलान्यास हुने भएको छ । स्याङ्जा जिल्लाको पुर्बि भेगमा अवस्थित साबिक मनकामना गाबिस -२,हाल बिरुवा गाउँ पालिका ७ सपौदे गाउँमा उक्त क्होइबोको शिलान्यास हुन गइरहेको स्थानीय खेगी पच्यु चिवा ठौवा चाह्क्ली तमुले बताउनुभएको छ । प्राकृतिवादी बोनधर्मवलम्बी तमु जातिको पबित्र धार्मिक स्थल " क्होइबो धि" को शिलान्यास तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले गर्ने भएको छ । स्याङ्जाको वालिङ नगरपालिका त्रियासीबाट झन्डै १८-१९ किलोमीटर दुरिमा रहेकोे सपौदे गाउँमा निर्माण हुन गइरहेको उक्त क्होइबो धि स्याङ्जाको १३ औ क्होइबो भएको केन्द्रिय सचीव बुद्धि चह्म्रु तमुले बताउनुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...