ए एस ई ई को नतिजा आज सार्बजनिक हुँदै |

अन्य

ए एस ई ई को नतिजा आज सार्बजनिक हुँदै |
जुन २३ फिस्टेल न्युज:-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको परीक्षको नतिजा ढिलो गरी आज सार्वजन गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको छ । बोर्ड बैठक पश्चात अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...