डिभिजन टुका लागी नेपाली क्रिकेट टिमको घोषणा |
खेलकुदडिसेम्बर ०५ काठमाडौँ :-आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाली टिममा केही परिवर्तन भएको छ। भोलिबाट प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको नेपाली टिमको सुरूवाती २१ खेलाडीमा युवा खेलाडी रोहित पौडेल, सुनिल धमला र अनिलकुमार शाहले स्थान बनाउदा पछिल्लो पटक खराव फर्ममा रहेका सागर पुन, विनोद भण्डारी र महबुब आलम परेका छैनन्।
नामिवियामा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले आइसीसी प्रतिनिधि आम्युल इस्लाम र कप्तान पारस खड्को छनोट समितिले २१ जना खेलाडी छानेको हो।बारम्बार ब्याटिङमा असफल भएका सागर पुन, मेहबुब आलम र विनोद भण्डारी फालिएका छन्।हालै काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिगमा गरेको प्रदर्शनका आधारमा केही नयाँ र युवा प्रतिभालाई टिममा स्थान दिइएको हो।
प्रारम्भीक छनोटमा परेका २१ खेलाडीहरू
अनिल कुमार साहबसन्त रेग्मी
दिलप नाथदीपेन्द्र सिंह ऐरी
दीपेश श्रेष्ठज्ञानेन्द्र मल्ल
करन केसीकिशोर महतो
ललित भण्डारीललितनारायण राजबंशी
मोहम्मद आरिफ शेखपारस खड्का
रोहितकुमार पौडेलरासिद खान
सन्दिप लामिछानेशक्ति चौचन
शरद भेसवाकरसिद्धान्त लोहनी
सोमपाल कामीसुनिल धमला
शुसन भारी