धादिङ्गमा ट्रक र जीप ठोकिंदा आगलागी ,३ जना घाइते |

अन्य

धादिङ्गमा ट्रक र जीप ठोकिंदा आगलागी ,३ जना घाइते |
जुन ५ धादिङ्ग:- धादिङको धार्के नजिक चार किलोमा ट्रक र जिप आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । ट्रकमा आगलागी भएको छ । प्रहरी चौकी खानीखोलाका अनुसार काठमाडौंबाट चितवन जाँदै गरेको बा १७ त १०९३ नम्बरको जिप विपरीत दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रकसँग ठोक्किएको थियो । ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अहिले पनि आगो रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...