डा.केसीलाई नेपाली कांग्रेसको सभापती बनाउन मुख्य मन्त्रि गुरुङको सुझाव |

अन्य    राजनीति

डा.केसीलाई नेपाली कांग्रेसको सभापती बनाउन मुख्य मन्त्रि गुरुङको सुझाव |
 साउन ७ नवलपुर:- प्रदेश नम्बर ४ का  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले डा. गोविन्द केसीलाई बोकेर नेपाली कांग्रेसले च्याँखे थापेको आरोप लगाएका छन् ।नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृतिसभालाई नवलपुरको कावासोतीमा सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले डा. केसीलाई च्याँखे थाप्दैमा सरकारको रौं पनि नहल्लिने टिप्पणी गरे । उनले एक व्यक्तिलाई उचालेर आन्दोलन गर्दैमा माग पूरा गर्न नसकिने प्रष्ट पारे । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले अब नेपालमा कम्युनिस्ट सरकार २५ वर्षसम्म टिक्ने दाबी गरे । उनले नेपाली कांग्रेस अहिले नेतृत्वविहीन जस्तै भएको टिप्पणीसमेत गरे । ‘कांग्रेसको नेतृत्व अहिले संकटमा छ’ गुरुङले भने, ‘अब डा. गोविन्द केसीलाई चिकित्सक पेसाबाट राजिनामा गर्न लगाएर कांग्रेसको सभापति बनाए हुन्छ’ । कम्युनिस्ट सरकारले जनजीविकाका सवालमा राम्रो गर्दै गइरहेकाले कांग्रेस अत्तालिएको गुरुङको भनाइ छ । फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले नवलपुर गण्डकी प्रदेशको दक्षिण ढोका भएको बताएका छन् । उनले नवलपुर दक्षिण ढोका र कोरला नाका उत्तरी ढोका भएको भन्दै दुवै ढोकालाई बलियो बनाए मात्रै समृद्व गण्डकी प्रदेश बन्ने बताए । नवलपुरलाई सम्मृद्व बनाउन प्रदेश सरकार लागिरहेको बताउँदै गुरुङले यस क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्न आफू प्रतिबद्व रहेको विश्वास दिलाए । उनले गण्डकी प्रदेशका कुन क्षेत्रमा बिजुली बत्ती पुगेको छैन त्यस ठाउँको खाका लिएर आए दुई वर्षभित्र बिजुली बालेरै छाड्ने बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...