छुट्टीमा आफ्नो देश गएका नेपाली लगायत सम्पूर्ण बिदेशी कामदारहरुलाई इजरायल फर्कन नदिने ।

विदेश

छुट्टीमा आफ्नो देश गएका नेपाली लगायत सम्पूर्ण बिदेशी कामदारहरुलाई इजरायल फर्कन नदिने ।
मार्च १८ फिष्टेल न्यूज :-कोरोनाभाइरसको संक्रमित बिस्वभरि फैलिएको छ यसले बिस्वको बिकसित देशहरुमा पनि ठुलो समस्याको रुप देखा परेको छ ।यसले हाम्रो देश नेपाल जस्तो गरिव तथा रेमिटेन्सले धानिएको बैदेशिक रोजगारीको क्षेत्रमा असर देख्न शुरु भएको छ। बिभिन्न देशले हालको जटिल परिस्थितिलाई ध्यानमा राखेर नयाँ कामदार रोक्ने मात्रै नभएर बिदामा गएका कामदारहरुलाई फर्किन पनि रोक लगाएको छ ।यसै गरी कोरोनाको प्रभावित देशहरु मंध्येको एक देश इजरायलले छुट्टीमा आफ्नो देशमा गएका कामदारहरुलाई हिजो राती मिति २०७६/१२/०४ बाट एक्कासी पूर्ण रुपमा रोक लगाएको छ । कोरोनाको कारण हालसम्म इजरायलमा कसैको निधन नभए पनि बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ ।यो समचार तयार पार्दा सम्म यहाँ कोरोना संक्रमितको संख्या ४३३ पुगेको छ भने यहाँको सामाजिक जनजीवन ठप्प जस्तै भएको छ । सबै इजरायली नागरिकलाई लगायत बिदेशी कामदारहरुलाई पनि घर भित्रै बस्न आदेश दिएको छ । कोरोना नियन्त्रणको लागि इजरायली राष्ट्रपति र प्रधानमन्त्रीले जनतासंग विनाकाममा घर बाहिर ननिस्कन लगायत पार्क तिर नजान साथै बिभिन्न भेला जनघट नगर्न आव्हान नै गरेका छन् ।बिदेशी कामदारको हकमा अत्यन्तै आवस्यक पर्दाको स्थिती बाहेक इजरायल नछाड्न अनुरोध गरिएको छ ।यस सम्बन्धि इजरायल स्थिति नेपाली राजदूतावासले पनि सूचनाहरु जारी गरिरहेको छ । ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...