बिराटनगरमा भारतीय दुताबास अगाडी बम बिस्फोट |

अन्य

बिराटनगरमा भारतीय दुताबास अगाडी बम बिस्फोट |
अप्रील १७ विराटनगर:- विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी अज्ञात समूहले बम विष्फोट गराएको छ ।दूतावासको बाहिरी हातामा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले गएराति सम्पर्क कार्यालयमा लक्षित गरी बम विष्फोट भएको जानकारी दिनुभयो । बम विस्फोट हुँदा दूतावासको सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...