भारतीय ३ सुटर सहित १ जना नेपाली पोखरामा पक्राउ ।

अपराध

भारतीय ३ सुटर सहित १ जना नेपाली पोखरामा पक्राउ ।

नोवेम्बर ०४ पोखरा :- भारतीय प्रहरीको खोजी सूचीमा रहेका तीन जना पोखराको सिद्धार्थ चोकबाट पक्राउ परेका छन् । उनीहरुसँगै एक नेपाली सहयोगी पनि समातिएका छन् ।ती तीन भारतीय नागरिक ‘सुटर’रहेको आशंकामा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनायो । पसलमा सामान किनिरहेको अवस्थामा शुक्रबार साँझ पक्राउ परेका थिए । पक्राउ गर्न चार भारतीय प्रहरीसमेत राजस्थानबाट नेपाल आएको स्रोतले जनाएको छ ।

नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले पक्राउ गरेर भारतलाई बुझाउन समस्या पर्ने भन्दै नेपाल प्रहरीसँग समन्वय गरी भारतीय प्रहरी आएको स्रोतको भनाइ छ । ‘सबै काम प्रहरी प्रधान कार्यालयबाट भइरहेको छ । यहाँ पक्राउ मात्र गरिएको हो । अहिले अनुसन्धानको क्रममा छ,’ प्रहरीका एक अधिकारीले भने ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धानका क्रममा रहेकाले तत्काल पहिचान नखुलाइएको बताए । ‘भारतीय पक्राउ परेका छन् । अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘वास्तविकता पछि खुल्नेछ । अहिले सबै भन्न मिल्दैन ।’ प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुविरुद्ध भारतको राजस्थानमा हत्यादेखि हप्ता असुलीसम्मका अपराधमा मुद्दा चलिरहेका छन । उनीहरु पोखरामा लुक्न आएका हुन् कि अन्य कुनै योजनामा भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 3.50)
Loading...