बाँकेमा क्वारेन्टाइनमा बसेको युवकको आज मृत्यु।

स्वास्थ्य

बाँकेमा क्वारेन्टाइनमा बसेको युवकको आज मृत्यु।
मे १७ बाँके :-बाँकेको नरैनापुर दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको छ ।मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताएका छन् । क्वारेन्टाइनमा उपचार नपाई २४ वर्षका युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् । नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...