बाँके र कपिलबस्तुमा थप ३ जना कोरोना संक्रमित पुष्टि ,कुल संक्रमित ४५७।

अन्य

बाँके र कपिलबस्तुमा थप ३ जना कोरोना संक्रमित पुष्टि ,कुल संक्रमित ४५७।
मे २१ काठमाडौँ :-आज बिहीबार साँझ बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४५७ पुगेको छ ।भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँकेका नरैनापुर–३ निवासी ३२ वर्षीय पुरुष, खजुरा–३ निवासी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।यस्तै कपिलवस्तु सुद्धोन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...