गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलब भत्ताबाट बिद्यार्थीहरुलाई न्यानो कपडा बाँडे |

अन्य

माघ १ पोखरा :-गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफुले पाएको तलव भत्ता रकम विद्यार्थीलाई न्यानो कपडामा खर्चेका छन् । सांंसद पहारीले सो रकमबाट पोखरा महानगरपालिका २२ पुम्दी भुम्दीका दुई बिद्यालयका ६० जना बिद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हुन् । कालाभाङमा रहेको भगवती आधारभूत बिद्यालयमा रहेका ३५ तथा भुल्भुलेमा रहेको युवा ज्योति आधारभुत बिद्यालयका २५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । सामाजिक जागरणको लागि नारी अभियान नेपालको संयोजनमा सांसद पहारीले सुईटर, टोपी, मोजा, सेनिटरी प्याडको साथमा सावुन वितरण गरेका हुन् । जाडो मौसममा न्यानो कपडाको अभावमा अध्ययन गर्न कठिन परेका गरिब तथा विपन्न बर्गका बिद्यार्थीहरुलाई आफ्नो तलव भक्ता वापत आएको रकमबाट सानो सहयोग गरेको पहारीले बताए । उनले भने “ मैले ३० बर्ष राजनीति गर्दा कुनै सुविधा विना काम गरे भने अहिले जनप्रतिनिधि भएर पहिलो पटक जनताबाट पाएको तलव भत्ताको रकम जनतालाई नै फिर्ता गर्छु, यो कुनै ठुलो काम होईन् । ” पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले सांसद पहारीले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर पं्रशम्सनिय कार्य गरेको बताए । यस अघि सांसद पहारीले २१ वटा ठाँउमा  पिउने पानीको लागि यूरोगार्ड वितरण गरेका थिए । पोखराको फेवाताल संरक्षणको लागि पोखरा महानगरपालिका वडा नम्बर ६ कार्यालयलाई दुई महिनाको तलव बराबर ८० हजार सहयोग प्रदान गरेका थिए । त्यसै गरी कास्कीकोटको फुल्से डाँडामा करिब ९० हजार मुल्य बराबरको पाईप समेत वितरण गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...