अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सुर्खेतमा कार्यरत प्रहरी सहायक निरिक्षक पक्राउ |

अपराध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सुर्खेतमा कार्यरत प्रहरी सहायक निरिक्षक पक्राउ |
माघ १४ काठमाडौँ :-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइ दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीमाथि आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस माग अभियोग लागेको छ । आयोगले सहायक निरीक्षक अधिकारीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट पक्राउ गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...