२९ औ बिस्व आदिबासी दिवस भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ ,नेपाली राजदुताबासको अनुपस्थिति

अन्य

अगस्ट १३ फिष्टेल न्यूज तेल अभिव,नेपाल जनजाती महासंघ इजरायलले २९ औ बिस्व आदिबासी दिवस भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।''आत्मानिर्णयको अधिकारका लागिपरिवर्तनका सम्वाहक आदिवासी युवा" भन्ने मूल नाराका साथमा ११ अगष्ट तारिक लेविन्सकी पार्क तेल अभिवमा आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङ्ग दाङ्ग्बेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि - सस्थापक महासचिव सुन्दर सिंह योन्जन ,विशेष अतिथि तथा प्रमुख वक्ता सम्रक्षक परिषद सदस्य - निर्मला गुरुङ्ग ,विशेष अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( NRNA -NCC)भेषराज पाण्डे (उपाध्यक्ष) लगायत विभिन्न राजनतिक ,सामाजिक संघ,सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा नेपाली राजदुताबासलाई प्रमुख अतिथिको अतिथ्यको लागि पत्राचार गरेको भए पनि बिदेशी भूमिको अविभावक नेपाली राजदुताबासको अनुस्पस्थिति हुनु राज्यको हेपहा प्रवृतिलाई प्रमाणित गरेको छ।तोकिएको समय भन्दा ढिलो शुरु भएको सो कार्यक्रममा विभिन्न राष्ट्रिय जातिय मौलिक पहिचान झल्किने झाँकीहरुका साथ भब्य रुपले शुरु भएको कार्यक्रममा विभिन्न राष्ट्रिय सामुदायिक खानाको परिकारहरु पनि राखिएको थियो छ ।

कार्यक्रममा विभिन्न जातीय पहिचान झल्किने संस्कृतिक प्रस्तुतिहरु प्रस्तुति गरिएको थियो।प्रमुख अतिथि - सस्थापक महासचिव सुन्दर सिंह योन्जन तामाङ्ग ,विशेष अतिथि तथा प्रमुख वक्ता सम्रक्षक परिषद सदस्य - निर्मला तमुस्योले सम्पुर्णलाई शुभकामना तथा समसामयिक बिषय बस्तुहरुमा बोल्नु भयो ।कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष मनु श्रेष्ठले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने कार्यसमितिका सम्पूर्णलाई तथा उपस्थित सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो !कार्यक्रम संचालिकाहरु महासचिव -रन्जना ग्याबक तामाङ प्रथम सचिव - विमला श्रेष्ठले गर्नु भएको थियो ।कार्यक्रममा इजरयालाबासी नेपालीहरु आफ्नो आफ्नो पहिचान संस्कृति झल्किने भेष भुषामा उपस्थिति रहेको थियो।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...