मौलिक पर्व चासोक तङ्नाम इजरायलमा यसरी मनाउदै किराँत याक्थुङ चुम्लुङ

अन्य

फिस्टेल न्युज संवादाता:१४ डिसेम्बर २०२२ बुधबार -इजरायल

किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउँदो मिती १६ डिसेम्बर २०२२ शुक्रबार साँझ नेपाली राष्ट्रिय मौलिक पर्व चासोक तङनामको अवसर पारी याक्थुङ भेषभुषा, भाषा, लिपी, कला, संस्कार संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौ” भन्ने मुल नाराका साथ YAD HARUTSIM ST 15, EVE PARTY PLACE तेल-अभिबको हलमा "चासोक तङनाम शुभकामना आदान-प्रदान कार्यक्रम ५०८२/२०७९" स्थानिय कलाकार हरुको सांस्कृतिक प्रस्तुतीहरु सहित भब्य रुपमा मनाउन गईरहेको आयोजक संस्थाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएको छ | https://www.facebook.com/100010368309818/videos/657243819305341/

साथै इजरायलमा स्थापित सम्पूर्ण संघ ,संस्था ,मिडियाकर्मी लगायत सम्पूर्ण नेपालि दाजुभाई तथा दिदिबहिनि हरुलाई निमन्त्रणा पत्र पठाई सकिएको र केहि कारणबस पुग्न नसकेको भए यसै समाचारलाई आधार बनाएर कार्यक्रममा उपस्थिति जनाउन पनि अनुरोध गरेको छ |

कार्यक्रम ब्यानर

उधौली पर्वको बारेमा : प्रकृती पुजक याक्थुङ ( लिम्बू ) हरूले चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) याक्थुङ ( लिम्बू ) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा पाइन्छ, यसकाे अर्थ आफुले लगाएकाे अन्नबाली पाकेर भण्डारण गर्न भन्दा पहिले ती सबै अन्नहरूले अर्को अन्नबाली तयार नभएसम्म सह बसोस, खान पुगाेस,भण्डारण गरेको अन्नहरूमा किरामिरा घुन नलागाेस भनी नयाँ अन्न ग्रहण गर्दा हामीलाई कुनै किसिमको रोग व्याद, हैजा, नलागोस भनी घाम,जुन,धर्ती,आकाश,देवी, देउराली,खाेला नाला आदिलाई पुकारी माङलाई चढाउने प्रचलन परापुर्वकाल देखि नै चलिआएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...