बागलुङका बाढी पीडितलाई गृहमन्त्रिको आश्वासन-‘घर सरकारले बनाईदिन्छ’

देश

बागलुङका बाढी पीडितलाई गृहमन्त्रिको आश्वासन-‘घर सरकारले बनाईदिन्छ’
१९ भदौ, बागलुङ । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले बागलुङको बाढी प्रभावित क्षेत्र ढोरपाटनको स्थलगत अवलोकन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार बोवाङ्ग पुग्नुभएका गृहमन्त्री थापाले प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा राहत सामग्री उपलब्ध प्रदान गर्नुभएको थियो । गृहमन्त्रीसहितको टोलीले भुजिखोलाले घरबार विहिन बनाएको पीडितहरुलाई तत्काल ओत लाग्नको लागि त्रिपाल, टेण्ड, म्याट, खाना पकाउने भाडा लगायतका सामग्री प्रदान गर्नुभएको थियो । गृहमन्त्री थापाले बाढीले पूर्णरुपमा क्षतिग्रस्त व्यक्तिगत घर र भौतिक संरचना सरकारले पुनःनिर्माण गर्ने बताउनुभयो । घटना र क्षतिको पूर्ण विवरण प्राप्त हुँदा साथ स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा पुनःनिर्माणको काम थाल्ने उहाँको भनाइ थियो । उहाँले राहत र उद्धारलाई छिटो छरितो तथा प्रभाविकारी बनाउन सम्बन्धीत निकायलाई निर्देशन दिँदै प्रतिमृतकको दुई लाख रुपियाँका दरले राहत रकम परिवारलाई उपलब्ध गराउने बताउनुभयो । पीडितको व्यक्तिगत घर निर्माणको लागि आफैँ बनाए तीन लाख दिने र आफैँ निर्माण गर्न नसके सरकारले बनाउने गृहमन्त्री थापाको छ । ‘आजबाट पुनःनिर्माणको काम थालनी भयो’ उहाँले भन्नुभयो–‘सरकार जनताको साथमा छ, क्षतिग्रस्त, घर, बाटो, पुल, विद्यालय र अन्य संरचना हामीले नै निर्माण गछौँ ।’ भौगोलिक रुपमा समस्यामा रहेका बस्तीहरुलाई एकीकृत बस्तीको रुपमा स्थानान्तरण गर्ने सरकारको तयारी रहेको भन्दै मन्त्री थापाले जोखिममा रहेका बस्तीको लगत पठाउँन आग्रह समेत गर्नुभयो । गृहमन्त्री थापालाई स्थानीयवासीले बाढी पहिरोका कारण ठूलो धनजनको क्षती भएकाले विशेष राहत प्याकेज घोषण गर्न माग गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...