पानस बचत तथा ऋण सहकारी संस्था लि को १२औ साधारण सभा भब्य रुपमा सम्पन्न l

अन्य

भदौ २९ फिष्टेल न्यूज पोखरा ,पानस बचत तथा ऋण सहकारी संस्था लि को १२औ साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ। पोखरा ८ सृजना चोक स्थित पानस बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १२ औं वार्षिक साधारण सभा २०८१ भाद्र २९ गते शनिबार हवाईट हाउस पार्टी प्यालेस मा संस्थाका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा सम्पन्न गरेको जानकारी सचिव डुक प्रसाद काफ्लेले जानकारी दिनुभयो l सहकारी क्षेत्रको परेको नकरात्मक असर को बाबजुद पनि सदस्यहरूको उत्साहपूर्ण उपस्थिति बीच कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि वडानं ८ का अध्यक्ष रुद्र नाथ बरालज्यु ले सहकारी स्वनियमन र स्वनियमन मा चल्ने भएकाले सदस्य हरुले नै चनाखो भई तथा चासो राखी सहकारी संचालन गर्नुपर्दछ भन्दै पानस सहकारीले समयमै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको र वित्तिय सुचांक हरु पनि सकरात्मक देखिएकोमा सम्पूर्ण व्यवस्थापन तथा संचालक समुह लाई बधाई दिई संस्थाको उत्तोरतर प्रगतीको शुभकामना व्यक्त गर्नु भएको थियो l विशेष अतिथि डा .भवानी शंकर पौडेल , पूर्व अध्यक्ष तिल ब गुरुड , इन्द्रमान चौहान तथा अध्यक्ष महेश्वर रिमाल आदि वक्ता हरुले संस्थाको विगत तथा वर्तमान को बारेमा बोल्नु भएको उक्त कार्यक्रममा सहकारी को आगामी कार्यक्रमहरु सदस्यमा केन्द्रित रहि संस्थाको दिगो विकासमा जोड दिने जानकारी प्रबन्ध निर्देशक धनेन्द्र गरुङ् ले जानकारी दिनु भयो l


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...