नेपालमा आज थप ३ जना कोभिड-१९ संक्रमित पुष्टि ,संक्रमित संख्या २४९ ।

अन्य

नेपालमा आज थप ३ जना कोभिड-१९ संक्रमित पुष्टि ,संक्रमित संख्या २४९ ।
मे १४ काठमाडौँ :- नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको सहप्रवक्ता अधिकारीले जनाए ।संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ।यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...