तनहुँकी २० वर्षीय युवतीको कोरोनाबाट मृत्यु

देश    स्वास्थ्य

तनहुँकी २० वर्षीय युवतीको कोरोनाबाट मृत्यु
१७ भदौ, पोखरा । कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु  भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँ ब्यास-२ निवासी युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको जनाएको छ । निर्देशनालयका अनुसार  मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट  त्रि. वि. अस्पतालमा प्रेषण गरिएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...