ईतिहाद भन्छ ‘कम्पनिकै खर्चमा ११ सय नेपाली ल्याउछौँ’, सरकार भन्छ ‘अनुमति दिन सक्दैनौँ’

देश

ईतिहाद भन्छ ‘कम्पनिकै खर्चमा ११ सय नेपाली ल्याउछौँ’, सरकार भन्छ ‘अनुमति दिन सक्दैनौँ’
रबिन्द्र शाही १६ भदौ, काठमाडौं । इतिहाद एयरवेजले चार्टर्ड उडान अनुमति माग गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उसले युएईबाट नेपालीहरुलाई ल्याउनका लागि चार्टर्ड उडान अनुमति माग गरेको हो। एयरलाइन्सले कम्पनीहरुको कर्पोरेट रेस्पोन्स स्पोन्सरसिपमा नेपालीलाई काठमाडौं ल्याइदिनका लागि उडान गर्न खोजेको उल्लेख गर्दै अनुमतिका लागि आवेदन दिएको छ। युएईको राष्ट्रिय ध्वजाबाहक इतिहादले काठमाडौंस्थित दूतावासमार्फत् उक्त निवदेन मन्त्रालयमा दिएको हो। एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म यी चार्टर्ड उडान गर्ने प्रस्ताव गरेको छ। उसले यी उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नु नपर्ने उल्लेख गरेको छ। त्यस्तै युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउने उसले बताएको छ। प्रत्येक चार्टर्ड उडानमा १४० जना नेपाली ल्याउने र उक्त उडानमा कामदार बाहेक अरु कुनै पनि यात्रुलाई नल्याउने बताएको छ। त्यस्तै फर्किने जहाजमा केही सामान्य कार्गो लिनसक्ने एयरलाइन्सले जानकारी दिएको छ। भिसाको अवधि सकिएकाहरुका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने व्यवस्था भएकाले यस्तो उडान अनुमति दिन एयरलाइन्सले अनुरोध गरेको हाे। तर मन्त्रालयले भने यसअघि नै चार्टर्ड तथा नियमित उडान अनुमति दिइसकिएको र बाँकी उडान अनुमति दिन नसक्ने जवाफ दिएको छ। सरकारले दैनिक ८ सय जनासम्म मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ। यो संख्या यसअघि नै दिइएको उडान अनुमतिबाट पुरा हुने भएकाले थप अनुमति दिन सक्ने अवस्था नभएको मन्त्रालयकाे प्रतिक्रिया छ। सेतोपाटी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...