इजरायलमा ह्योल्मो सोनाम ल्होसार साँझ भब्य रुपले मनाईदै ।

अन्य

माघ १५ फिष्टेल न्यूज तेल अभिव , इजरायलमा ह्योल्मो सोनाम ल्होसार भब्य रुपले मनाउने भएको छ। 'ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार''ह्योल्मो भाषा,भेषभुषा धर्म, कला संस्कृतिको, संरक्षण र सम्बर्धन गरौं" भन्ने मुल नाराको साथमा ह्योल्मो समाज इजरायलद्वारा प्रत्येक बर्ष जस्तै यस बर्ष पनि बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक ल्हो( गडूल बर्ग ) ह्योल्मो सोनाम लोसार भब्य रुपमा मनाउने तयारी भैरहेको ह्योल्मो समाज इजरायलकी प्रमुख सल्लाहकार तथा कार्यक्रम संयोजक सर्किनी ज्याबा ह्योल्मोले जानकारी दिनु भएको छ ! यस अवसरमा विविधता पुर्वक पुजापठ,शुभकामना आदनप्रदान सहित स्थानीय कलाकारहरुको मौलिक प्रस्तुती ह्योल्मो पहिचान बोकेको साँस्कृतिक श्याब्रु , देर्ग,साथमा स्वादिष्ट रात्री भोजको पनि कार्यक्रम रहेको छ ! यस शुभकामना अदान प्रदान तथा ह्योल्मो सोनाम ल्होसार कार्यक्रममा उपस्थित भै सफल बनाई दिनु हुन सम्पूर्ण इजरायलबासी ह्योल्मो समुदाय, नेपाली तथा नेपाली भाषी दाज्यु भाई दिदिबहिनीहरु, विभिन्न संघसस्थाका प्रमुखहरु ,समाजसेवीहरु गरिमामय उपस्थितिको निमित्त ह्योल्मो समाज इजरायल द्वारा अनुरोध गरिएको छ ।
कार्यक्रम''ह्योल्मो सोनाम ल्होसार साँझ
मिती :-२०२४ फेब्रुवारी ०९ शुक्रबार
समय :- ७ बजे साँझ
स्थान :- yad Harutsim 15 Tel Aviv


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...