बार्सिलोनाका यी स्टारलाई नयाँ क्लव खोज्न प्रशिक्षकको सुझाव
खेलकुद
बार्सिलोनाले टोलीलाई पूर्न संरचना गर्ने यसअघि नै बताइएको छ । त्यसैले प्रशिक्षक कोम्यानले खेलाडीको विषयमा छिटो निर्णय गरिरहेका छन् । स्वारेज र भिडाललाई अन्य क्लबले भित्राउन इच्छा देखाइसकेको पनि बताइएको छ । यद्दपी क्लबलाई आवश्यक खेलाडी भेटिएको खण्डमा उनीलाई सट्टा गर्ने विकल्पमा पनि टोली जान सक्ने सम्भावना छ ।
इभान राकटिकसँगै डिफेन्डरद्वय सामुइल उम्टिनी र जुनियर फिर्पो पनि कोम्यानको योजनामा नरहेको बताइएको छ । अन्य क्लबको बाटो रोज्दा बार्सिलोना र प्रशिक्षक खुसी हुने छन् भन्ने उनीहरुले पनि बुझिसकेको छन् । यद्दपी उनीहरु कोम्यानको योजना सुन्न कुरिरहेका छन् ।
त्यस्तै सर्जियो बुस्केटस, सर्जि रोर्बेटो र जेरार्ड पिकेले पनि नयाँ प्रशिक्षकको आफुहरुको बारेमा रहेको धारणा बुझ्न चाहिरहेका छन् । उनीहरु पनि लगभग विक्रीको सुचिमा राखिएको छ । यद्दपी त्यो विषयमा कसैले केहि बोलेको भने छैन । जोर्डी अल्बालाई भने कोम्यानले अर्को सिजन टोलीमा राख्न चाहेको अनुमान गरिएको छ । 
