युएईमा डम्फू सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न ।
विदेश
कार्यक्रमको शुरूवात संयुक्त रुपमा दिप प्रज्वलन गरि राष्ट्रिय गाना गएर उद्धघाटन गरिएको थियो ।उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष अनिस तामाङले दिएका थिए भने प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा,बिशेष अतिथि एनआरएनए आइसिसी सदस्य ठाकुर प्रसाद ढुंगाना,तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान र काभ्रे सेवा समाजका अध्यक्ष दिल लामाले मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकारहरु चर्चित सेलो गायिका इन्दिरा गोले गुरुङ,जीत लोप्चान,गायक बिश्व दोङ,फुल कुमार बम्जन,म्हेन्दो माया,गायक सुमन घलेले बिशेष प्रस्तुति दिंदै हलमा भरिभराउ दर्शक श्रोता लाई नचाएका थिए भने तामाङ चलचित्रका नायक तथा निर्माता अमीर दोङ तामाङ,नायिका सुनिता लुङ्वा,सुष्मा मोक्तानको साथमा प्रवास युएईमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति को साथ कार्यक्रम लाई अझ भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकारहरु चर्चित सेलो गायिका इन्दिरा गोले गुरुङ,जीतु लोप्चान,गायकहरु बिश्व दोङ,फुल कुमार बम्जन,म्हेन्दो माया,गायक सुमन घले,तामाङ चलचित्रका नायक तथा निर्माता अमीर दोङ तामाङ,नायिका सुनिता लुङ्वा,सुष्मा मोक्तान र कार्यक्रम उद्धोषिका स्मारिका थिङ तामाङ लाई डम्फू सांझ युएई समिति तामाङ समाज युएई र काभ्रे सेवा समाज युएईले खादा ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।उक्त कार्यक्रमको औपचारिक कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव सनिल घिसिङले संचालन गरेको थिए भने अनौपचारिक कार्यक्रम नेपाल बाट आमन्त्रित उद्घोघोषिका स्मारिका थिङ तामाङले गरेको थिए । 
