यस बर्षको एस इ ई परिक्षा चैत ८ गतेबाट हुने ,सम्पूर्ण तयारी पुरा |

अन्य

यस बर्षको एस इ ई परिक्षा चैत ८ गतेबाट हुने ,सम्पूर्ण तयारी पुरा |

मार्च ८ काठमाडौँ :-आगामी चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताउनुभयो ।

यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कूल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...