तमु(गुरुङ ) समाज कतारले बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण ।

समाज

तमु(गुरुङ ) समाज कतारले बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण ।
नोभेम्बर २५ दोहा :-तमु (गुरुङ)समाज, कतारले नया बजार काठमाण्डाै निबासी पीडित द्वय तेज बहादुर मगर मृगौला पिडित र अजय लामा बोन म्यारो रोगबाट पीडित हुनु भएको दुबै जनालाई सिघ्र स्वास्थ लाभको कामना गर्दै सानो आर्थिक सहयोग हस्तान्तरण गरेको छ। तमु (गुरुङ) समाज, कतारले सहयोग गरेको आर्थिक संकलन सस्थाको दितिय उपाध्यक्ष श्री धनराज गुरुङ ज्युले नया बजार टाउन प्लानिग संघ परिवार काठमाण्डाैको रोहवरमा पीडित तेज बहादुर मगर लाइ नेरु २०,००० सहयोग र अजय लामा लाइ सस्थाले नेरु १०,००० र दितिय उपाध्यक्ष धनराज गुरुङ ज्युले व्यक्तिगत २००० गरि जम्मा १२,००० पिडितलाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।परदेशबाट आर्थिक सहयोग गर्नु भएकोमा नया बजार टाउन प्लानिङ समुहले तमु (गुरुङ) समाज, कतारलाई धन्यवाद ब्यक्त गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...