तमु समाज युएईको नियमित बैठक शारजाह युएईमा सम्पन्न ।

विदेश

तमु समाज युएईको नियमित बैठक शारजाह युएईमा सम्पन्न ।
जुन ३० मनु कोन्मे तमु युएई :-तमु समाज युएईको नियमित बैठक तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा मिति २०१९ जुन २८ तारिख शुक्रबार उषा निवास फ्लाट नं. १०८ अलकासिमिया सारजाह युएईमा सम्पन्न भएको छ। तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु रहेको थियो । अतिथिमा तमु समाज युएईका उपाध्यक्ष मुनिन्द्र तमु,तमु समाज युएईका उपाध्यक्ष नन्द जंग तमु ,आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु ,तमु समाज युएई दुबई क्षेत्रीय समितिका कोषाध्यक्ष ललिता तमुस्यो रहेको थियो भने तमु समाज युएईका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,दुबई क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,मानार्थ सदस्यहरु, सक्रिय सदस्यहरु,बुद्धिजीवी महानुभावहरुको उपस्थिति रहेको थियो। उक्त बैठक संचालन तमु समाज युएईका महासचिव पबित्र तमुस्योले संचालन गरेको थियो भने सचिव इन्द्र तमुले छलफलको लागि प्रस्तावहरु प्रस्तुत गरेका थिए । बैठकले महत्वपूर्ण प्रस्तावहरु माथी छलफल गरि विभिन्न निर्णयहरु गरेको थियो । तमु समाज युएईले प्रत्येक बर्ष झैँ यश बर्ष पनि बार्षिक कार्यक्रमको तालिका सार्वजनिक गरेको छ। तीज कार्यक्रम आबुधाबीमा मनाउने, तिहारमा देउसीभैलो कार्यक्रम आबुधाबीमा केन्द्रिय समिति + आबुधाबी क्षेत्रीय समितिले खेल्ने र केन्द्रिय समिति + दुबई क्षेत्रीय समितिले दुबईमा खेल्ने भएको छ भने बनभोज कार्यक्रम दुबईमा आयोजना गर्ने निर्णय गरेको छ। तमु सामज युएईले तमुहरुको आउदै गरेको महान चाड तमु ल्होसार चि-ल्हो (मुसा) कार्यक्रम २०२० जनवरी १० तारीख शुक्रबार देश बिदेशमा ख्याति प्राप्त अतिथि कलाकारहरुको उपस्थितिमा र प्रवास युएईमा रहेका चर्चित स्थानीय कलाकारहरुको बिशेष प्रस्तुतिको साथ भव्यरुपमा मनाउने निर्णय समेत गरेको छ। तमु समाज युएईको पाँचौ बैठक यहि आउँदो २०१९ अगस्ट २३ तारिख शुक्रबार आबुधाबीमा बस्ने निर्णय पनि गरेको छ भने तमु समाज युएई आजमान क्षेत्रीय समितिका संस्थापक अध्यक्ष रमेश तमु लाई ब्रेन ट्युमार उपाचार्था सहयोगको लागि तमु समाज युएईले आर्थिक सहयोग गरेको छ।उक्त बैठक तमु समाज युएईका अध्यक्ष एवं बैठकका अध्यक्ष उषा तमुस्योले समापन गरेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...