तमु साँस्कृतिक प्रतिष्ठानले १८ अपांगलाई डिबिसीको राहत वितरण।

अन्य

तमु साँस्कृतिक प्रतिष्ठानले १८ अपांगलाई डिबिसीको राहत वितरण।
जुन ७ हुम तमु / पोखरा:-कास्कीमा शुक्रवार एक जना र शनिवार बिहान ३ जना गरी ४ जना कोरोना भाइरस संक्रमण पुष्टिले सन्त्रास फैलिरहेको बेला, पोखराको वर्षातका विच शनिवार बिहान डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको दोश्रो चरणको राहत तमु साँस्कृतिक प्रतिष्ठान नेपालले वितरण गरेको छ। कोभिड १९ कोरोना भाइरसका कारण लामो लकडाउनले अति नै समस्यामा परेका १८ जना फरक क्षमता भएका(अपांग)हरुलाई पोखरा १५ नयाँ गाँउमा आयोजित कार्यक्रममा अति आवाश्यक स्वास्थ्य सामग्री वितरण गरिएको हो। राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशको समन्वयमा फरक क्षमता भएका(अपांग)हरुलाई २० हजार २ सय रुपैया बराबरको अति आवाश्यक स्वास्थ्य सामग्री सिआइसि पाइप, जाइलोकनजेलि, डाइपर प्याड, युरिन ब्याग, फोल्सिक्याथरेटर, कण्डम क्याथरेटर, बेटाडिन, कटन, पञ्जा, सेनिटाइजर वितरण गरिएको हो। पोखरा महानगरपालिका वडा नं.३, ८, १०,१२, १५, २१ र माछापुच्छ«े गाउपालिका वडा नं. ४ का फरक क्षमता भएका(अपांग)हरु हर्कबहादुर खत्री, पुनम सिंह, इन्दिरा अधिकारी, हिमबहादुर सुनार, बलबहादुर रोका, रामचन्द्र परियार, धना रोका, ध्रुव परिया, कृष्ण थापा, बोधराज अधिकारी, कमल परियार, लक्ष्मी सुनार, फणिन्द्र पौडेल, सुर्य गोले, मुक्त आले, तुलाराम परियार, भगवान बराल, पवित्र विकलाई तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ, राहत कार्यक्रमका संयोजक तथा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ र कोषाध्यक्ष कौशिला गुरुङले वितरण गर्नुभएको थियो। झरी वर्षाका विचमा सम्पन्न कार्यक्रममा नयाँगाँउ टोल विकास समितिका अध्यक्ष पदमबहादुर थापा, बौद्धिक अपांग महासंघ गण्डकी प्रदेश संयोजक प्रमिला श्रेष्ठ जोशी, राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश सदस्य विष्णु सिग्देल, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका सल्लाहकार मेनकाजी गुरुङ विशेष उपस्थिती रहेको थियो। यस अघि डाइमण्ड बुद्धिष्ट सेन्टर युकेले पठाएको राहत तमु साँस्कृतिक प्रतिष्ठानले पहिलो चरणमा शान्ति बनबाटिका र बौद्ध अर्घौ सदन, अति नै समस्यामा रहेकाहरुको घर घरमा पुगी १०० जना फरक क्षमता भएका(अपांग)हरुलाई दुई लाख बराबरको खाद्यान्न राहत वितरण गरेको राहत वितरण कार्यक्रम संयोजक चिजकाजी गुरुङले जानकारी गराएका छन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...