स्याङ्गजामा गोपालमानको निर्देशनमा वाम गठबन्धनका युवाहरु माथि लाठी प्रहार ।

अन्य

स्याङ्गजामा गोपालमानको निर्देशनमा वाम गठबन्धनका युवाहरु माथि लाठी प्रहार ।

डिसेम्बर ०८ स्याङ्गजा :- क्षेत्र नम्बर २ स्याङजाका वाम गठबन्धनका उम्मेदवार पदमा अर्यालको लागि न्याय माग्न गएका वामगठबन्धका युवाहरूलाई प्रहरीले लठ्ठी प्रहार गरेको छ । प्रहरीको लठ्ठी प्रहारबाट नेकपा एमालेका युवा नेता कृष्ण खाँड घाइते भएका छन्।

अर्याललाई हिजो चापाकोट नगरपालिका–४ राममन्दिरमा मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले आाक्रमण गरी कुटपिट गरेको थियो । सो विषयमा छानबिनका लागि वाम गठबन्धनका नेताहरू जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न गएका थिए।

छलफलबाट फर्कने क्रममा गठबन्धनका कार्यकर्ताहरूलाई प्रशासनको निर्देशनमा प्रहरीले लठ्ठी प्रहार गरेको नेता लक्ष्मीपति पौडेलले जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा हामीले माग राखेका थियौं’ उनले भने, ‘प्रशासनले गोपालमान श्रेष्ठको निर्देशनमा कुटपिट गरेको हो। निर्वाचन हार्ने निश्चित भएपछि गोपालमानले प्रशासन र पुलिसलाई हातमा लिई घटना घटाएको गठबन्धनको अरोप छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...