सिरियान बिद्रोही समूहले रुसी लडाकु विमान खसाल्यो।

विदेश

सिरियान बिद्रोही समूहले रुसी लडाकु विमान खसाल्यो।

फेब्रअरी ४ सिरिया :-एक सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी लडाकु विमान खसालेको छ।ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले 'सुखोइ-२५' नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्रको प्रयोगबाट खसालेको जनाइएको छ।

रुसी विदेशमन्त्रालयले विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको जनाएको छ।सिरियाली सरकारका फौजी कारवाहीलाई मद्दत गरिरहेको रुसले अलेप्पोबाट दक्षिणमा रहेका सडक छेउमा रहेका निशानाहरुमा बम खसाल्दै आएको थियो।जवाफी कारबाहीमा ३० भन्दा बढी विद्रोही मारिएको मस्कोले बताएपनि त्यसको सार्वजनिक रुपमा पुष्टि भइसकेको छैन्।निगरानी समूहहरुका अनुसार रुसी विमानहरुले अघिल्ला २४ घण्टामा त्यहाँ दर्जनौँ हमलाहरू गरेका थिए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...