सत्य साई सेन्टर इजरायलले श्री सत्य साई बाबाको ९३ औ जन्म दिवस भब्य रुपले मनाउने ।

अन्य

मंसिर ५ तेल अभिव :-सत्य साई सेन्टर इजरायलले भगवान श्री सत्य साई बाबाको ९३ औ जन्म दिवस भब्य रुपले मनाउने तयारी गरेको छ | यही आउदो नोवेम्वर २३ तारिक शुक्रवार पर्न गएको भगवान श्री सत्य साई बाबाको ९३ अौं जन्म उत्सव नोवेम्वर २४ तारिक शनिवार भव्यताका साथ हार्चियोन ३५ सत्य साई केन्द्रमा भजन , कृतन्, आरतिका साथ मनाउने भएको छ तथा नेपाली राजदुत आदरणीय महामहिम निरंजन थापा ज्यूको विदाई कार्यक्रम सहित यस कार्यक्रममा प्रसाद वितरण समेत गरिने भएको हुदाँ सम्पूर्ण नेपली सामाजिक,धार्मिक, राजनितिक, साहित्यिक, मिडिया, संघसंस्थाका पदाधिकारी ज्यूहरूको उपस्थित भै दिनुहुन र इजरायलमा कार्यरत दाजु भाइ ,दिदी बहिनीहरु सबैमा हार्दिक निमन्त्रणा गरीएको छ | सत्य साई सेन्टर इजरायलका अध्यक्ष नेहा गुरुङ्गले जानकारी दिनु भए अनुसार इजरायलमा कार्यरत सबै नेपालीहरूको विदा सुबिधालाई मध्य नजर गर्दै शनिवार विदाको दिन नोभेम्वर २४ गते बिहानको १०ः०० बजे भगवान श्रीसत्य साई बाबाको जन्म उत्सव मनाउने भएको हुदा, सम्पुर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

स्थान:- सत्य साई केन्द्र तेलविव हार्चियोन ३५ समय:- बिहान १०ः०० (दश बजे) शनिवार मिती :-नवेम्वर २४ तारिक सम्पर्क :-नेहा गुरुङ्ग फोन नम्बर :- ०५४९८७१९११


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...