संघीय लिम्बुवान मञ्चले आयोजना गरेको युएई व्यापी फुटबल प्रतियोगितामा लमजुङ एफसीको शानदार विजय।

खेलकुद

संघीय लिम्बुवान मञ्चले आयोजना गरेको युएई व्यापी फुटबल प्रतियोगितामा लमजुङ एफसीको शानदार विजय।
जुन ८ मान सिङ गुरुङ (मानु कोन्मे),युएई: - इस्लाम धर्मावलम्बीहरुको महान चाड रमदानको अवसर पारेर संघीय लिम्बुवान मञ्च समाज युएईले दुबई शहरको अलकोज डलस्को फुटबल मैदानमा आयोजना गरिएको युएई ब्यापी एक दिने नेपाली फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा हिपात फुटबल क्लब युएई लाई -१ को बिरुद्द - २ गोल गरी लमजुङ फुटबल क्लब युएईले विजयी हासिल गरेको छ। विजयी हासिल संगै लमजुङ टीमले नगद पांच हजार दिरामका साथ प्रमाण पत्र, कप र मेडल प्राप्त गर्न सफल भएको छ भने हिपात फुटबल क्लब युएईले द्धितीय स्थान हासिल भए बापत नगद तीन हजार पाँच सय दिराम राशिका साथ प्रमाणपत्र, कप र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा च्याम्पियन बन्न सफल भएका टिम लाई संघीय लिम्बुवान मञ्च समाज युएईका अध्यक्ष लासहांग निङग्लेकुले पुरस्कार प्रदान गरिएको थिए । फुटबल प्रतियोगिता सफल बनाउनको लागी सयपत्री रेष्टुरेन्टले स्पोन्सोर गरेको थियो । उक्त प्रतियोगितामा कास्की आदर्श सेवा समाज फुटबल क्लब, हिपात फुटबल क्लब, संघीय लिम्बुवान मञ्च समाज फुटबल क्लब, ईलाईट फुटबल क्लब, न्यु ब्याइज फुटबल क्लब, माउन्ट एभरेष्ट फुटबल क्लब, लमजुङ फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब, रसअलखैमा फुटबल क्लब, गोरखा ११ फुटबल क्लब, आईएनसी पार्को कमिटी फुटबल क्लब, नेपाली टाइगर फुटबल क्लब, रुपन्देही ११ फुटबल क्लब, एएनएफसी, एनएसजी राक, एमएम एफसी र गोर्खाली एफसी क्लबले भाग लिएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी मंगोलियन किङरिङ सुमन मगर ,प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सुबि तामाङ घोषित भएका थिए भने प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता, म्यान अफ दि म्याच एवं अनुशासित खेलाडीको उपाधी लमजुङ एफसीका तारा बहादुर गुरुङले हातपार्न सफल भएको छ । लमजुङ समाज युएईले लमजुङ समाज युएईका खेलकुद प्रमुख राजु घले, ब्यवस्थापन तर्फ एफसी आइकार्डका अमृत गुरुङ, बादल घिसिङ र कृष्ण गौतम, लमजुङ समाज युएईका पुरन लामा, अर्जुन बहादुर गौली, मुक्ति गुरुङ, तारा गुरुङ, छवि गुरुङ, बिष्णु गुरुङ, मीन कुमारी गुरुङ, सपना गुरुङ, अनिता गौली, शिवजंग गुरुङ, चेत गुरुङ, धन बहादुर गुरुङ, धर्म डाइमन्ड गुरुङ, कुसन गुरुङ, याक गुरुङ, आइता गुरुङ, कर्म राज तामाङ, भीम गुरुङ (सविनय), अनुज गौली, उमर घले, युवराज गुरुङ, विष्णु थापा, र नारायण गुरुङ लगायतलाई प्रतियोगितामा मुख्यभुमिका निभएको भन्दै धन्यावाद ज्ञापन समेत गरेको छ । लमजुङ समाज युएईका संरक्षक सदस्य अर्जुन बहादुर गौलीले यो जीतले लमजुङेमा थप गौरवान्वित भएको र थप हौसला बढेको भन्दै सवै खेलाडीहरु र व्यवस्थापक लाई लमजुङ समाज युएईको तर्फबाट धन्यावाद ज्ञापन गर्दै समाजले युवाहरु लाई खेलकुदको माध्यमबाट अघि बढाउदै लैजाने बताएका छ भने लमजुङ समाज युएईले छुट्टै लमजुङ एफसी टिम तयार गरि युएईमा एउटा नमूना क्लबको रुपमा विकसित गरि लमजुङ समाज युएई र जिल्लालाई चिनाउन सफल भएको दावी समेत गरेका छ्न । खेलाडीको मनोबल र हौसला बढाउनको लागि दुई जोर खेलाडी पोशाक बनाउने तयारीमा रहेको समेत संरक्षक सदस्य अर्जुन बहादुर गौलीले बताएका छ्न।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...