सनम शाक्य हत्याकाण्ड तथा सुन काण्डमा मुछिएका केसी रिहा |

अपराध

सनम शाक्य हत्याकाण्ड तथा सुन काण्डमा मुछिएका केसी रिहा |
असोज १ काठमाडौँ :-साँढे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी रिहा भएका छन् । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । आइतबार उच्च अदालत, विराटनगरले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले केसीलाई थुनामुक्त गर्न आदेश दिएको हो । डिएसपी केसीले थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । केसी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखामा कार्यरत थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...